Wednesday, March 3, 2010

हर्मीमा सामुदायिक रेडियो संचालन हुने: संचार मन्त्रालयले प्रशारण अनुमति दियो

हर्मी ,फागुन१९
सूचना तथा संचार मन्त्रालयले सामुदायिक रेडियो हर्मी(सारेह)लाई १०५.४ मेगाहर्जमा रेडियो प्रसारण गर्न अनुमति दिएको छ ।
१०० वाट प्रशारण क्षमता रहेको सामुदायिक रेडियो हर्मीलाई मन्त्रालयले २०६६ फागुन १९ गते प्रशारण अनुमति दिएको हो । हर्मी गाविस अन्र्तगत हर्मी भज्याङ नजिकै नेवार डाडामा स्टुडियो र टावर निर्माण गरि करिब तीन महिना भित्रमा प्रशारण शुरु गर्ने योजना रहेको सामुदायिक रेडियो हर्मीका अध्यक्ष जनार्दन ढकालले आवर हर्मीलाई जानकारी दिनुभएको छ ।
सामुदायिक रेडियो हर्मी संचालनका लागी स्थानिय समुदायका साथै देश विदेशमा रहेका सम्पूर्ण हर्मीबासी तथा आसपासका समाजसेवि बुदिजिवि लगायत विभिन्न संघ संस्थाहरु सँग सहकार्य गरिने सारेह १०५.४ले जनाएको छ । सारेहले समुदायको शशक्तिकरणका लागी विभिन्न जन चेतना मूलक तथा समाचार मूलक कार्यक्रमहरु उत्पादन र प्रशारण गर्ने जनाइएको छ । कार्यक्रम उत्पादनका लागी स्थानिय युवा युवतिहरुलाई रेडियो कार्यक्रम उत्पादन र प्रशारण सम्बन्धि तालिम दिइने तथा अधिकांश कार्यक्रमहरु स्थानिय समूदायको सहभागीतामा उत्पादन गरिने पनि सारेहको उहेश्य रहेको संस्थाका अध्यक्षले बताउँनु भएको छ।

No comments:

Post a Comment