Wednesday, July 15, 2009

थप दश माविलाई उच्च मावि सम्बन्धन


गोरखा , असार ३० , उच्च माध्यामिक शिक्षा परिषद सम्बन्धन शाखाले योरखामा थप दश माध्यामिक विद्यालयलाई उच्च मावि संचालन गर्न तीन बर्षे अस्थाई सम्बन्धन दिएको छ ।
सम्बन्भन पाउने माविहरुमा नव जागृति चण्डी मावि अश्राङहिमालय मावि वारपाक संस्कृत मावि तान्द्राङ शान्ति मावि बगुवा शैलपुत्रि मावि पाँच खुवादेउरालि संसारी महेन्द्र मावि नयाँ साँघु अमर ज्योति जनता मावि पालुङटार अन्नपूर्ण मावि खोप्लाङ र मण्डलि मावि छोप्राक छन् ।
यो नयाँ सम्बन्धन पछि गोरखामा रहेका उच्च माविको सख्या ३३ पुगेको छ । यस अघि गोरखामा २३ वटा सामुदायिक उच्चमावि संचालनमा थिए । निजि क्षेत्रमा भने वल्ड क्यापिटल उच्च माविले उच्च मावि संचालन गर्दै खाएको छ । त्यसै गरि छिमेकि जिल्ल्ाा लमजुङ्गमा भने एउटा माविले मात्र उमाविको सम्बन्धन लिएको छ । सम्बन्धन पाउने माविमा हर्मी सगँ सिमना जोडिएको भलायखर्क साहिलीटारमा रहेको ज्ञानोदय मावि रहेको छ ।




लुईटेलमा विज्ञान र शिक्षा छोप्राकमा शिक्षा मात्रै

हर्मी असार ३० संम्बन्घन पाए लगतै अमर ज्योति जनता उमाविले विज्ञान र शिक्षा संकाय संचालन गर्ने तयारी गरेको छ भने मण्डलि उमावि छोप्राकले शिक्षा संकाय संचालन गर्ने तयारी गरेको छ । यी दुबै उमावि संचालन गर्नका लागी काठकाडौमा गठन भएका पूर्ण विद्यार्थीका संगठनहरु मरिमेटेर लागी परेका छन् । लुईटेलमा उच्च माविको उद्घाटन कार्यक्रम साउन दूईलाई तय गरिएको छ ।

No comments:

Post a Comment