हर्मी , असार ३०, कार्य सम्पन्न भएको करिब डेड दशक पछि पाम खोला हर्मी सिचाई योजना अन्तर्गत बनेको नहरमा पानी बग्न थालेको छ । अदुर दर्शिता र हेलचक्रयाईको सिकार बनेको सो नहर राष्टिय बजेटबाटमा परेको १ लाख र गाविसको ५० हजार बजेटबाट यस आर्थिक बर्षमा मर्मत गरिए पछि आिसंक रुपमा संचालनमा आएको हो । यस पालिको रोपाईमा हर्मी ९ ठानिस्वाराका जनताहरुले नहरबाट पहिलो पटक पानी ल्याएर रोपाई गरेका छन् । पूर्ण रुपमा मर्मत संभार नभए पनि केहि ठाउमा अस्थाई मर्मत गरि नहरमा पानी चलाईएको स्थानिय बासिन्दा बताउँछन् । तर पूर्ण मर्मत हुन नसक्दा नहरमा पूर्ण क्षमतामा पानी चलाउन सकिएको छैन ।
No comments:
Post a Comment