news,views and many more from harmi.......... and around
Wednesday, February 16, 2011
कहिले पुरा होला खै हाम्रो सपना
विगत चार वर्ष अघि देखि छेपेटारमा बन्न शुरु भएको दरौदि मोटरेवल पुल यस आर्थिक वर्षमा पनि पुरा नहुने संकेत देखिएको छ । हाल पुलको दुबै साइडमा ढलानको काम पुरा गरि साइड बारको काम भइरहेको छ । स्रोतका अनुसार यो पुल पोखराको विजयपुर पुलकै मोडलमा बन्न लागेको अनि विचमा राख्ने फलामको भाग निमार्णको जिम्मा हुलास कम्पनिले लिएको र सो भाग भारतमा निमार्ण भैरहेको र त्यहाँबाट थुप्रै प्रकिया पार गरि ल्याउन निकै समय लाग्ने हुनाले सरकारले समयमै भुक्तानि दिए पनि काम गर्न ठेकेदारले ढिला सुस्ति गर्दा जनताको दरौदि पुल सपना पुरा हुन अझै धेरै समय लाग्ने देखिन्छ ।
पुल निमार्ण कार्य अन्तर्गत हाल भैरहेको साइडबार निमार्ण काम गर्दै मजदुरहरु
No comments:
Post a Comment