सामुदायिक रेडियो हर्मीले आफ्नो प्रशारण अवधि ८ घण्टाबाट बढाएर साँडे १० घण्टा पुर्याएको छ । हाल विहान ५ ३० बजे देखि ११ बजे सम्म र साँझ ५ बजे देखि १० बजे सम्म जन सरोकारका विविध सूचना जानकारी र मनोरज्जनात्मक सामाग्रीका साथ सामुदायिक रेडियो हर्मी एउटा भिन्न संचार अभियानको उदेश्य सहित प्रशारण भैराखेको छ । जन सहभागीताका थुप्रै कार्यक्र्रमहरु जनताकै आवाज र भाषामा प्रशारण हुने गरेकाले रेडियो हर्मी छोटो अवधिमै स्रोता माझ लोकपि्रय भएको छ ।
सामुदायिक रेडियो हर्मीका पछिल्ला गतिविधि र फोटाहरु
रेडियोको मुख्य उपकरण टान्समिटर जसको क्षमता १०० वाट छ र यसले ४० किलोमिटर आकाशिय दुरि सम्म तरङ फयाक्न सक्छ
स्टुडियोमा कार्यक्रम प्रशारण गर्दे प्रस्तोता नरेन्द्र र पशुपति
रेडियोको टावर जो ६० फिट अग्लो छ र यसमा चारवटा एन्टेना जडित छन् ।
कार्यक्रम उ बेलाको नेपाल बोल्ने कथा सुन्ने कार्यक्रम पाका पुस्तामामा कुराकानि गर्दे हर्मी ६का राम बहादुर नेपाली
रेडियोको प्रशारण केन्द्र रहेको घर जो निमार्णधिन अवस्थामा छ यस सँगै अर्को २ कोठे घर र बैठक हल बनाउने काम शुरु भएको छ ।
No comments:
Post a Comment