Saturday, December 12, 2009

जनवरी १ देखि धार्चे मनासलु पर्यटन विकास समितिले गोरखाका विभिन्न गाविसहरुमा पदयात्रा गर्ने तयारी

गोरखा ,मंसिर २७
तल्लो मनासलु क्षेत्रको पर्यटन विकासका लागि स्थापित धार्चे मनासलु पर्यटन विकास समितिले गोरखाको बिभिन्न ८ गाविसमा अंग्रेजी नयाँ वर्षसंगै पदयात्रा गर्ने भएको छ । ट्रेकिङ एशोसिएशन नेपाल टान नेपाल पर्यटन बोर्ड गोरखा पर्यटन विकास समिति जिल्ला विकास समिति जिल्ला प्रशासन कार्यालय र पत्रकारहरु सहभागी हुने सो पदयात्राले जिल्लाको ताकु स्वाँरा सौरपानी वारपाक लाप्राक उहिया गुम्दा र थुमी गाविसको पदयात्रा गरी नयाँ पर्यटकीय पैदलमार्गको खोजी गर्ने भएको हो । धार्चे मनासलु पर्यटन विकास समितिको आज सम्पन्न बैठकले जनवरी महिनाको १ तारेखदेखि पदयात्रा सुरु गर्ने कार्यक्रम बनाएको संस्थाका अधयक्ष साने गुरुङले जानकारी दिनुभएको छ । संस्थाले पदयात्राका लागि बिभिन्न संघसंस्थाहरुसंग सहयोगको माग गरेको छ

No comments:

Post a Comment