Saturday, December 12, 2009

फूलबारी भित्ते पत्रिका प्रकाशन प्रारम्भ

नवलपुर , हर्मी
मंसिर २७
महेन्द्र लीला उच्च माविमा रहेको साहित्य अनुरागी विद्यार्थीहरुको समूह साहित्य क्लबले यसै महिनाबाट मासिक भित्ते पत्रिका फुलबारी निकाल्न थालेको छ ।

उक्त भित्ते पत्रिकामा विद्यार्थीहरुका साहित्यका विभिन्न विधाहरु सगँ सम्बन्धित लेख रचना र स्थानिय खबरहरु समाबेश गर्ने लक्ष्य लिइएको छ । बाल बालिकाहरुलाई सानै उमेरबाट सृजनात्मक काममा लाग्न प्रेरित गर्ने उदेश्यले भित्रे पत्रिकाको अबभारणा ल्याईएको शिक्षिका गरिन्द्र्र भटले आवर हर्मीलाई जानकारी दिईन् । सबैको साथ र समर्थन पाए आफूहरु यस पत्रिकालाई नियमित र निरन्तर रुपमा हघि बढाउन लागि पर्ने फूलबारीका सम्पाद मण्डल सदस्यहरु बताउँछन्।

फोटो बिकाश ढकाल

No comments:

Post a Comment