Friday, November 20, 2009

गृहिणीहरुले एसएलसीसम्मको शिक्षा पाउने

गोरखा ,
बिभिन्न कारणबाट पढाइबाट बिाचत रहेका यहाँका गृहिणीहरुले एसएलसीसम्म को शिक्षा पाउने भएका छन् । विद्यालय उमेरमा पढ्ने चाहना हुँदा हुँदै पढाइ छाड्नुपरेका गृहिणीहरुलाई जिल्ला शिक्षा कार्यालय गोरखाले एसएलसी सम्मको शिक्षा लिन पाउने ब्यबस्था मिलाएको हो ।
गृहिणीहरुलाई एसएलसी उतीर्ण गराउने उद्देश्यले कार्यालयले यो वर्ष जिल्लाका बिभिन्न चारठाउँमा गृहिणी विद्यालय साचालन गरेको छ । कार्यालयले पालुङटारको भृकुटी निम्न माध्यमिक विद्यालयमा दुईवटा आरुघाटको भीमोदय उच्च माविमा एउटा गोरखा नगरपालिकाको शक्ति उच्च माविमा एउटा गृहिणी विद्यालय साचालन गरेको हो ।
ती विद्यालयहरुमा १५ देखि ४५ बर्ष उमेर समूहका एकसय ४० गृहिणीहरु अध्ययन गरिरहेका कार्यालयले जनाएको छ । कार्यालयले उपलब्ध गराउन सक्ने सेवा र सुविधाको आधारमा एउटा गृहिणी विद्यालयमा ३० जनासम्म महिलालाई पढाउने ब्यबस्था गरेको छ । पढ्दापढ्दै बिबाह गरेर पढाइ छुटेका र पढ्नै नपाइ बिबाह गरेका जिल्लाका १२० जना गृहिणीहरुले यो वर्ष निशुल्क पढ्न पाएका छन् ।
शिक्षा कार्यालयले गृहिणी विद्यालयका लागि दुईजना शिक्षकका साथै पाठ्यपुस्तक र स्टेशनरी सामान निशुल्क उपलब्ध गराएको छ भने फर्निचर विद्यालय आफैले ब्यबस्था गरेका छन् । कार्यालयलाई यस कार्यक्रम साचालनका लागि शिक्षा मन्त्रालय अन्तर्गतको अनौपचारिक शिक्षा कार्यक्रमले सहयोग गरेको छ ।

No comments:

Post a Comment