Sunday, November 22, 2009

सरस्वतिको बार्षिक उत्सब सम्पन्न


फाइल फोटो: बिकाश ढकाल
पिपलथोक ,हर्मी
सरस्वति प्रावि पिपलथोकले आफ्नो बार्षिक उत्सब विद्यालय हातामा विविध कार्यक्रमहरुको आयोजना गरि मनाएको छ ।

छिमेकि विद्यालय महेन्द्र लीला उच्च माविका प्राचार्य कृष्ण बहादुर न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रको सभापतित्व द्यिालय ब्यवस्थापन समितिका अध्यक्ष वाबुराम सापकोटाले गर्नु भएको थियो । त्यस्तै कार्यक्रमका अन्य अतिथिहरुमा स्थानिय बुदिजिविहरु जीवन ज्योति ढकाल माधब प्र ढकाल हरि प्र सापकोटा लगायत हुनुहुथ्यो । सो अवसरमा स्थापनाकाल देखि हाल सम्म पनि निरन्तर विद्यालयको हित र स्तर उन्ततिका लागि तल्लिन रहनु भएका विद्यालयका संस्थापक इश्वरि प्र सापकोटालाई दोसल्ला र कदरपत्र प्रदान गरियो ।

बार्षिक उत्सबकै अवसरमा आयोजित प्रावि स्तरिय म्युजिकल चियर प्रतियोगितामा विज्ञान प्राविले पहिलो स्थान हासिल गर्यो भने हाजिरि जवाफ प्रतियोगितामा चुहि आयोजक सरस्वति प्रावि प्रथम र विज्ञान प्रावि दितिय भए ।


No comments:

Post a Comment