Sunday, November 22, 2009

उच्च माविको नतिजा सन्तोष जनक आएन


हर्मी,
महेन्द्र लीला उच्च माविबाट गत बैशाख महिनामा कक्षा ११को बार्षिक परिक्षामा सहभागि ४० जना विद्यार्थि मध्य २० जना मात्र पास भएका छन् ।

शिक्षा संकायबाट परिक्षामा सहभागी ३२ जना मध्य १५ जना र ब्यवस्थापन संकायबाट ८ जना मध्य ५ जना मात्र पास भएका हुन् । त्यसै गरि परिक्षामा सहभागि कम्पार्ट तर्फका ७ जना मा २ जना मात्र पास भएका छन् । फेल हुने मध्य धेरै जसोलाई अङग्रेजि लागेको छ । ती मध्य ११ जनालाई एउटा मात्र विषय लागेकाले मौका परिक्षा दिन पाउने भएका छन् । यो रिजल्टलाई कसरि लिनु भएको छ भन्ने आवर हर्मीको प्रश्नमा विद्यालयका प्राचार्य कृष्ण बहादुर न्यौपानेले राष्ट्रिय रिजल्ट हेर्दा ठिकै रहेको तर स्थानिय रुपमा चुहि सन्तोष जनक नरहेको कुरा बताउँनु भयो ।

यसै गरि हाम्रा आँपपिपल प्रतितिधिले जनाए अनुसार जनता उच्च माविबाट पहिलो पटक परिक्षामा सहभागी शिक्षा संकायका २२ जना विद्यार्थी मध्य जम्मा ३ जनामा मात्र पास भएका छन् ।

No comments:

Post a Comment