आँपपिपल ,मंसिर ६,
जनता उच्च माविमा नयाँ भवन विमार्ण कार्य पुरा नहुँदै पुराना भवनहरु भत्काइए पछि कोठा अभावका कारण विद्यार्थिहरुलाई कम्प्युटर शिक्षा दिन नसकिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा कम्प्युटर शिक्षा शुरु गर्न गत वर्ष नै इम्पावर नेपाल फाउन्डेसन अमेरिकाले सात वटा कम्प्युटर र एउटा पि्रन्टर दिएको थियो । हाल दाताले दिएका ती कम्प्युटरहरु प्रयोगमा ल्याउन नसकिए पछि त्यसै थन्किन पुगेका छन् । कोठा नपुगेर हाल नियमित कक्षा समेत कोठाहरु पार्टेसन गरेर संचालन गर्नु परेको र आर्थिक अभावका कारण बिचैमा रोकिन पुगेको नयाँ भवन निमार्ण सकेर आगामी शैक्षिक शत्रबाट जसरि पनि कम्प्युटर शिक्षाको कक्षा संचालन गरि छाड्ने विद्यालयका प्र अ लोकनाथ वाग्लेले आवर हर्मीलाई जानकारी दिजु भयो ।
No comments:
Post a Comment