Sunday, November 22, 2009

नेताहरुले बाटोको दुई लाख फ्रीज गराए

ज्यामिरे ,हर्मी
मंसिर ६ हर्मीका राजनैतिक अगुवाहरुको हेलचक्रयाईका कारण मकुन्डाडा ज्यामिरे सडक निमार्णका लागी जिविस बाट प्राप्त एक लाख पचास हजार र गाउँ विकास समितिबाट प्राप्त पचास हजार बजेट फ्रीज भएको छ ।

नेताहरु बाटो आफ्नो अनुकुलमा लैजान नपाए बाटो खन्नै नदिने पक्षमा लागेका मान्छेको पछि लागे पछि सडक निमार्ण हुन नसकि बजेट पि्रुज हुन गुगेको हो । यो बाटो निमार्ण पछि ज्यामिरे मकुन्डाडा पात्ले पानी लगायत ठाउँका जनताहरुलाई राम्रै सुविधा पुग्ने देखिन्छ । बाटो बनाउन गाउँलेहरुले सापटि खोजेर तेल किनेर ल्याए पनि गाविस सडकको ज्यामिरे शिख्रे खण्ड निमार्णका लागी आएको डोजरलाई नेताहरुले राता रात भगाएका थिए । समाचार स्रोतका अनुसार बाटो कताबाट लाने भन्ने बारेमा विबाद भएकैले यो अबस्था आएको हो । केहि ब्यक्तिहरुले आफ्नो घर नजिकबाट बाटो घुमाउन नपाए पछि नै सडक निमार्णको कार्यले गति लिन नसकेको समाचार स्रोतको दावि छ । उता हर्मी भन्ज्याङ देखि धादिङगाउ सम्म खन्न ठिक्क पारिएको बाटो पनि नेताहरुको गलत कुटनिताका कारण बन्न नसकेको समाचामर प्राप्त भएको छ । बाटो खन्नका लागी गाउँलेहरुले चन्दा उठाएर तेल किनेर पनि ल्याई सेकेका थिए जुन तेल अहिले नेताहरुले स्वार्थि मानसिकता भएका ब्यक्तिरुलाई बुई चडाएर डोजर भगाए पछि त्यसै थन्किएको छ ।


No comments:

Post a Comment