Friday, November 20, 2009

गुरुङद्धारा सहकारीलाई जग्गादान

थालाजुङ ,मंसिर १ ,थालाजुङ वडा नं ७ का बाबुराम गुरुङले स्थानीय सहकारी सस्थांको भवन निर्माणका लागी ६ रोपनि जग्गादान गर्नुभएको छ । सीर्जनसील महीला बचत तथा ऋण सहकारी सस्थांको भवन निर्माणका लागी गुरुङले जग्गादान गर्नुभएको हो । सस्थांको भवन नहुदाँ घरबाट नै सस्थांको कारोबार गर्नुपर्ने बाध्यता भएपनि अब चाडै नै भवन निर्माण गरीने र सो समस्या हटने सस्थांका कोषाध्यक्ष नानुमायाँ ढकालले बताउनुभएको छ ।

No comments:

Post a Comment