Friday, November 13, 2009

महेन्द्र लीलाले ४७औँ बार्षिक उत्सब मनायो

नरेन्द्र निमेष
हर्मी ,कार्तिक२७ ,महेन्द्र लीला उच्च मावि नवलपुरले आफ्नो स्थापनाको ४७औँ बार्षिक उत्सब कार्तिक २५ र २६ गते दुई दिन सम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरि भब्य रुपले मनाएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरनाथ मरहठाको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगराज भट्टराई प्रमुख आतिथि रहनु भएको थियो भने स्थानिय इन्जिनियर हरि प्रसाद ढकाल जिल्ला कृषि अधिकृत बुदि बहादुर थापा हर्मीका सहायक प्रहरी निरिक्षक चन्द्रकान्त ढकाल लगायतका ब्यक्तिहरुले अतिथिको आशन ग्रहण गर्नु भएको थियो ।

बार्षिक उत्सब समारोहमा मन्तब्य राख्ने क्रममा जिल्ल्ाा शिक्षा अधिकारी योगराज भट्टराईले विद्यालय ब्यवस्थापन पक्षले सकि्रयता देखाए एक बर्ष सम्म दुई मावि शिक्षकलाई तलब खुवाउन पुग्ने पैसा जिल्ला शिक्षा कार्यालयले दिने वचन दिए । साथै उनले विद्यालयको भौतिक पूवाधार विकास गर्न सहयोग जारि राख्ने र यसै शैक्षिक सत्रमा उच्च मावि तहका १ सय २० थान सन्र्दभ पुस्तक पुस्तकायललाई उपलब्ध गराउने र उच्च मावि तहको परिक्षा केन्द्र महेन्द्र लीला हर्मीमा कायम गर्ने कुरा जानकारी गराए । मन्तब्यकै क्रममा ईन्जिनियर हरि प्र ढकालले विद्यालयको हितका लागी आफूहरु लागी परेको बताउँदै हाल देखिएको उच्च माविको घाटा पूर्तिका लागी सहयोग जुटाउन पहल गर्ने प्रतिदबता प्रकट गरे । कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण बहादुर न्यौपानेले विद्यालयको बार्षिक प्रतिबेदन पेस गरेका थिए । बार्षिक उत्सबकै अबसरमा विद्यालयले आफ्ना पूर्व प्रधानाध्यापक राम चन्द्र देवकोटा खेमराज अधिकारी बेनि रमण मरहठ्ठा पूर्व शिक्षक रामनाथ पोखरेल र विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष हरि प्रसाद खनाललाई समेत सम्मान गरेको छ ।

त्यसै गरि हरि प्रसाद ढकालले आफ्नो छोराको स्मृतिमा घोषणा गर्नु भएको १२ हजार रुपैयाको प्रोविन मेमोरियल छात्रावृत्ति यस बर्ष कक्षा १२की मन्जु घिमिरेलाई प्रदान गर्नु भयो । त्यसै गरि विद्यालयका पूर्व शिक्षक घनश्याम घिमिरेको स्मृतिमा उहाँको परिवारले यसै वर्ष देखि वितरण गर्न थालेको घनश्याम स्मृति गरिब तथा जेहेन्दार छात्रावृत्ति यसपालि कक्षा १२की शशिकला पराजुलीलाई स्वर्गिय घनश्याम घिमिरेकी बुहारी शकुन्तला घिमिरेले प्रदान गर्नु भयो । निमावि तहमा नेपाली र गणित विषयका उत्कृट नतिजा ल्याउने दुई विद्याथीले भने पूर्व शिक्षक मोदनाथ मरहठ्ठाले घाषण गरेको छात्रावृति पाए । तर उच्च मावि उद्घाटनका दिन छात्रवृति दिने घोषण गरेका केहि दाताहरुले भने हाल सम्म पनि विद्यालयलाई सम्पर्क नै नगरेको गुनासो विद्यालय स्रोतले गरेको छ ।

सोहिे दिन बार्षिक उत्सबकै अवसरमा आयोजित सदनस्तरिय प्रयिोगितात्मक गीत नाच कार्यक्रममा गोसाई कुण्ड सदनले प्रथम र नारद कुण्ड सदनले दितिय स्थान आसिल गरे त्यसै गरि कक्ष ११ र १२ विच भएको गित नाच प्रयिोगितामा कक्षा ११ले जित हासिल गरेकॊ छ । बार्षिक उत्सब मनाउने क्रममा बुधबार अनौपचारिक कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय अन्तरसदनात्मक खेलकुद र प्रावि स्तरिय हाजिरिजवाफ प्रतियागिताको आयोजना गरिएको थियो । सो प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगितामा विज्ञान प्रावि भन्ज्याङले प्रथम आयोजक मलीउमाविले दितिय र बाललहरी प्रावि छोप्राकले तृतिय स्थान हासिल गरेका थिए । त्यस्तै सदनात्मक खेलकुद अन्र्तगत बेलुन फुटाई टोपि थुति दौड हाई जम्प स्याग रेसमाला उन्ने आदि खेलहरु खेलाईएको नवलपुरबाट अब्दुल मियाँले आवर हर्मीलाई जानकारी दिएका छन् ।




फाइल फोटो :बिकाश ढकाल

No comments:

Post a Comment