Thursday, July 30, 2009

वर्षाले गोरखाका ग्रामीण सडक अवरुद्ध

साउन १३- जिल्लाको अधिकांश गाउँ विकास समितिमा सडक पुगेपनि वर्षायाममा साचालन हुन नसक्दा जिल्लावासीहरु यातायात सेवाबाट विाचत भएका छन् । जिल्लाका ६६ मध्य ५१ गाविसमा सडक पुगेको सरकारी दावी रहेपनि ग्रामीण क्षेत्रका कुनैपनि बाटो साचालन हुन नसक्दा नागरिकले सास्ती ब्यहोर्नुपरेको छ । वर्षायाममा वाटो हिलो भएपछि तनहुँको आँबुखैरेनीदेखि सदरमुकामसम्मको २४ किलोमिटर पक्की सडक बाहेक अन्य सबै सडकहरुमा यातायात सुचारु हुन सकेको छैन ।हिउँदयाममा सदरमुकामबाट झण्डै एकदर्जन रुटमा गाडि चल्ने भएपनि हाल कुनैपनि रुटमा यातायात साचालन हुन नसकेको गोरखा यातायात ब्यवसायी समितिले जनाएको छ । गोरखा भालुस्वाँरा सडक ग्राभेल भएकाले साचालन भइरहेको छ । भालुस्वाँराका लागि गोरखाबाट सिधा वससेवा साचालन नभएपनि छेपेटार पारीबाट वससेवा साचालन भइरहेको समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । कच्ची सडक साचालन नहुदा सो बाटोमा यातायात ब्यवसाय साचालन गर्दै आएका ५० भन्दा बढी ब्यवसायी मर्कामा परेको उहाँले बताउनुभयो ।कच्ची सडकमा वस नचल्दा स्थ्ाानियवासीहरु मर्कामा परेका छन् । हिउँदमा स्थानिय ब्यापारीहरुले पर्याप्त सामानहरु भण्डारण नगर्दा गाउँवासीले उपभोग्य वस्तुको समेत समस्या भोग्दै आएका छन् । बस नचलेपछि मान्छेलाई बोकाएर सामान ढुवानी गर्नुपर्ने भएकाले उपभोग्य सामानको मुल्यवृद्धि पनि हुन थालेको छ । जिल्ला विकास समिति सडक आयोजना कार्यालय लगायतका निकायले सडक निर्माण गरेपनि मर्मत र जिर्णोद्धारमा ध्यान नदिएका कारण वर्षा लागेपछि सबै सडकहरु बन्द भएको उपभोक्ताहरुले गुनासो गरेका रेडियो गोरखाले जनाएको छ ।

No comments:

Post a Comment