Thursday, July 30, 2009
सघन खेती प्रयोगमा
साउन १३- जिल्ला कृषि कार्यालय गोरखाले जिल्ल्ाामा पहिलो पटक सघन धानखेती प्रविधि साचालनमा ल्याएको छ । कार्यालयले गोरखा नगरपालिका वडा नंबर ६ खल्लुबोटेमा आज सोही प्रविधि अनुसार धान रोपेको छ । प्रविधि अनुसार सावित्रि जातको धान विउ राखेको १३ दिन र टुसाएको ९ दिनको कलिलो वेर्नालाई २५ सेन्टिमिटरमा धान रोपिएको हो । यस प्रविधिमा पानी नभएको ठाउँमा एउटा मात्र बेर्ना रोपिने कृषि कार्यालयले जनाएको छ । एउटा मात्र वेर्ना रोपेपनि राम्रो खेती भइ ५ गुणा बढी उत्पादन दिने कार्यालयको दावी छ ।सो कार्यक्रम स्थानिय किसान वाल कुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । यो प्रविधिबाट धान खेती गर्दा कम पानी भएपनि हुने भएकाले किसानका लागि उपयोगी भएको कृषि प्रसार अधिकृत राजेन्द्र गुरुङले जानकारी दिनुभएको रेडियो गोरखाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment