Tuesday, August 4, 2009

लुटेलमा +2 उद्घाटन

लुईटेल साउन १८ माओवादि नेता डा वावुराम भटराईले गत शनिवार अमरज्योति जनता मावि लुईटेलमा यसै वर्षबाट संचालन गर्न लागिएको उच्च मावि तहको उद्घाटन गरेका छन् । उनी उसै विद्यालयका पूर्व विद्यार्थी समेत हुन् ।
कार्यम्रम उद्घाटन गर्दे डा भटराईले आफूले लुईटेल स्कुल लाई सदैब माया गर्ने र भविष्यमा एउटा प्रविधिक विश्वविद्यायालयकोरुपमा विकास गर्ने लक्ष्य राखेको कुरा बताउनु भयो । सो अवसरमा उच्च मावि सहयोग समितिले काठमाडौमा संकलन गरेकेा सात लाख रुपैया पनि विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । यस बर्ष उच्चमावि तहमा विज्ञान र शिक्षा संकाय संचालन गरिने विद्यालयका प्रअ गोविन्द खनालले जानकारी दिनु भयो ।

No comments:

Post a Comment