Thursday, July 30, 2009
सार्वजानिक अपराध बढ्यो
साउन १३- गोरखामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सार्वजानिक अपराधका घटनाहरु बढेका छन् । जिल्ला प्रश्ासन कार्यालयमा अघिल्ल्ााे आर्थिक वर्षमा ११ वटा सार्वजानिक अपराधका मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष ०६५÷०६६ मा ३१ वटा मुद्दा दर्ता भएको छन् । पहिले सार्वजानिक अपराधका मुद्दाहरु गाउँघरमभा नै समाधान गरिने र प्रहरीको सम्पर्कमा आउने नगरेकाले थोरै भएको प्रमुख जिल्ल्ाा अधिकारी जीवनप्रसाद ओलीले जानकारी दिनुभएको छ ।पछिल्लो समयमा यस्ता घटनाहरु प्रहरी समक्ष आउने प्रचलन सुरु भएकाले अघिल्ला वर्षहरुमा भन्दा बढी देखिएको उहाँले बताउनुभयो । द्वन्द्वको समयमा यस्ता धेरै घटना भएपनि प्रहरीको सम्पर्कमा नआएको हुनसक्ने प्रशासनको अनुमान छ । सार्वजानिक अपराध अन्तर्गत दर्ता भएका ३१ मध्ये १४ वटा फछ्र्यौट भएको रेडियो गोरखाले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment