Tuesday, July 28, 2009

वालुवा झिक्दा नदी धसियो

साउन ११- गोरखाको गोरखा नगरपालिका वडा नंबर ९ छेपेटारका वासिन्दाले दरौदी नदिबाट वालुवा र ढुङ्गा भिक्न रोक लगाउन जिल्ला विकास समितिसंग माग गरेको छ । वालुवा र ढुङ्गा अत्याधिक मात्रामा झिक्दा नदी गहिरिदै गएकाले खेतमा पानी लगाउन समेत समस्या हुदै गएको र वातावरणिय सन्तुलनमा समेत असर पर्ने भन्दैे सो लाई रोक्न जिल्ला विकास समिति समक्ष माग गरेका छन् । दरौदी नदि नियन्त्रण संरक्षण समितिले आज निमित्त स्थानिय विकास अधिकारी साजीव श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै नदीको वालुवा र ढुङ्गा उठाउन दिएको टेण्डर खारेज गर्न माग गरेका रेडियो गोरखाले जनाएको छ ।

No comments:

Post a Comment