(सामुदायिक रेडियो हर्मीबारे गोरखाबाट प्रकाशित हुने दरौदि दैनिकमा प्रकाशित सामागि्)
सदरमुकाम गोरखा बजार आँपपिपल सिरानचोक र लमजुङको भलायखर्क जाने चौवाटो हर्मी भन्ज्याङ जहाँबाट अलिकति तेसर्िएर केहि सिडि उक्लिए पछि पुगिने नेवार डाडा थुम्को । गणेश दुबोले ढकमक्क ढाकेको ठूलो आँगन चेपेखोला लिगलिगकोट सिरानचो...क र राइनासको एकै साथ देखिने घरले छाइएको गोलाकारम बनेको प्रतिक्षालय र सँगै रहेको गाउँले पाराको दुइ पाखे घर र घर सँगै ६० फिट अग्लो टावर अनि त्यहिबाट गुन्जिरहने सामुदायिक रेडियो हर्मी १०५।४ ।
राजधानि र देशका विभिन्न शहरहरुबाट प्रशारण भएका रेडियो मात्र सुनेका हर्मीबासीहरु गाँउबाटै रेडियो प्रशारण हुन थाले पछि दंग परेका छन् । सुरुमा त उनीहरुले गाउँमै रेडियो खुल्छ भनेर पत्याएका पनि थिएनन् । आफ्नै छोरा छोरीहरु रेडियोमा बोल्लान् भनेर पनि चिताएका थिएनन् । तर उनीहरुले कल्पना समेत नगरेको चिज रेडियो जब गाउँबाट नै प्रशारण हुन थाल्यो उनीहरुको हर्षको सिमा नै रहेन ।
अन्तैको मान्छे आएर बोल्ने होला भनेको त हाम्रो गामका छोरा छोरी बोल्ने रैचन् शुरुमा रेडियो हेर्न आएका गाउँले यसै भन्थे । चेपे तरेर रेडियो हेर्न आएका भलाखर्कका हेमराज न्यौपानेलाइृ पनि आफ्नै छिमेकमा रेडियो खुलेको र गाउँ टोलकै मान्छे रेडियोमा बालेको देखेर कम्ति आश्चार्य लागेन । यस्तै दंग छन् हर्मी आँपपिपल छोप्राक खोप्लाङ थालाजुङ भलायखर्क र चक्रतिर्थका बासिन्दाहरु ।
हर्मी गाउँमा रेडियो खोल्ने भनेर एक वर्ष अघिको फागुन महिना देखि एकाधले सकि्रयता देखाउँदा कसैले पत्याएनन् । सामुदायिक वन उपभोक्ता समूह आमा समूह गाविस सामुदायिक विद्यायलय र अन्य स्थानिय समाजिक संघ संस्था र स्थानिय किसानहरुबाट पैषा जुटाउने काम भयो घर बन्यो टावर बन्यो प्रशारण उपकरणहरु ल्याइए प्रस्तोता र प्राविधक तालिम शुरु भैसक्दा सम्म पनि धेरैले नेवार डाडाबाटै रेडियो प्रशारण होला भनेर पत्याएनन् । तर जब असार २०६७ ४ गते साँझ ५ बज्यो रेडियोको परिक्षण प्रशारण सुरु भयो अनि गाउँलेहरु दंग परे ।
अहिले त मेलापात र घाास दाउरा जाँदा सम्म पनि एक फेर रेडियो स्टेसन छिरेर कार्यक्रम प्रस्तोता सँग कुराकानी गरेर मात्र जाने गरेका छन् । एक छिन अघिको कार्यक्रमको बारेमा हाम्रा गाउँका मान्छेहरु एकै छिन पछि स्टेसनमा आएर प्रतिकि्रया दिएर जान्छन् स्टेसन मनेजर विकास ढकाल भन्छन् । रेडियोको सामुन्ने मै मूलबाटो छ यहि हिड्ने स्रोताहरुले टाडैबाट बोलाएर टिकाटिप्पणि सुनाउँछन् ढकाल भन्छन् गाउँले रेडियो हुनुको मज्जा छुटै हुदो रहेछ । गाउँले मेलापाल गर्दा हँसिया कोदालो बोकेर रेडियो हेर्न आउँछन् । हर्मी र आसपासबाट दैनिक २५ ३० जना रेडियो हर्न आउने गरेको रेडियोका कार्यक्रम संयोजक नरेन्द्र निमॆषले सुनाए ।
रेडियोको संरचना पनि गाउँले ढाँचाकै छ । गाउँकै वनको फर्निचर हो ढकालले भने बाँसको चोया बाता र कप्टेराले बोरेर छुट्याइएको कोठालाई साउण्ड प्रुफ पनि अण्डाको क्रेटले बनाइएको छ । रेडियोका संचालकहरु पनि सामुदायिक वन समूह सहकारी संस्था आमा समूह महिला समूहका प्रतिनिधि र केहि किसान अनि गाउँले शिक्षकहरु रहेका छन् । रेडियोका कार्यकम्रहरु पनि समुदाय केन्द्रित नै छन् । उ बेलाको नेपाल बोल्ने कथा सुन्ने कार्यक्रम पाका पुस्ता कार्यक्रमले आफूले गरेको कामले बुढेसकालमा स्थान पाएकोमा बढापाकाहरु खुसि हुने गरेका छन् । त्यसै गरि स्थानिय प्रतिभाहरुको जगेर्ना गर्ने खालको बस्ति भित्रका हस्तिहरु नामको कार्यक्र पनि रेडियो हर्मीबाटै प्रहारण हुने गर्छ । हाम्रा स्रष्टा हाम्रै स्वर कार्यक्रम अन्र्तगत स्थानिय लोक भजन झयाउरे चड्काहरु स्थानिय गाउमै रर्कड भएर बज्ने गरेका छन् । रेडियोले गाउँघर मेलापात पानी पँधेरो घाँसपात गर्दा गर्दै स्थलगत रुपमै उनीहरुको जीवनका मिठा मिठा कुराहरु रेकर्ड गरेर एकै छिन कार्यक्रम मार्फत बजाउने गरेको स्टेसन मेनेजर विकास ढकालले बताए ।
No comments:
Post a Comment