Wednesday, April 6, 2011
यसै वर्ष भित्र हर्मीका सबै गाउँ सडक संजालमा जोडिने
हर्मी ,चैत्र २४
विगतका वर्षहरुमा झै यस वर्ष पनि हर्मीमा सडक संजाल निमार्ण गर्ने कामले तिब्रता पाउने भए पछि यसै वर्ष भित्र हर्मीका सबै गाउँलाई सडक संजालले जोड्ने हर्मेलीको सपना पुरा हुने भएको छ । केन्द्रिय र गाविस स्तरिय बजेटमा सडक खन्नको लागी बजेट छुट्याइए पछि हर्मीमा थप सडकहरु खनिन लागेको हो ।
यसै आर्थिक बर्षमा हर्मी ७को मकुन्डा देखि आहाले सम्म सडक खनिने छ । जसले गर्दा हर्मीका १ ७ र २ वडामा लगाइएको ब्यवसायिक सुन्तला ढुवानि थप सहज हुने निश्चित छ । हाल सम्म आँपपिपलबाट मकुन्डाडा सम्म पुगेको सडक संजाल आहालेको गाविस लिङक सडकमा जोडिए पछि यो क्षेत्रका हरेक गाउँ सडक संजालमा जोडिने छन् । र यहाँका बासिन्दालाई आँपपिपल अस्पताल सम्म एम्बुलेन्समा विरामि लैजान पनि बाटो खुल्ने छ । यसलका लागी गाविसले १ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
त्यसै गरि हर्मी भन्ज्याङ निभारे चक्रतिर्थ सडक खण्डको बाँकि रहेको काम पनि यसै आर्थिक वर्षमा पुरा हुने भएको छ । यसका लागी केन्द्रिय बजेटमा १२ लाख रुपैयाँ छुट्याएको छ । हाल सम्म हर्मी भन्ज्याङबाट धादिङ गाउँ खनाल गाउँ ज्यामिरे कटेर निभारे खोलामा पुगेर रोकिएको सडक खन्ने काम अब भने पुरा हुने भएको छ । यो खडक बनि सके पछि चेपेखोलाबाट हर्मीमा निमार्ण सामाग्री ल्याउन थप सहज हुनेछ । यसका लागी उपभोक्ता समिति गठन गरि सडक कार्यालयमा सम्झौता भैसकेको छ ।
त्यसै गरि यसै वर्ष हर्मीको वडा न ९मा रहेको भण्डारी गाउँ सम्म पनि सडक पुग्ने भएको छ । जामुने सम्म पुर्याउने लक्ष्य भए पनि यस पटक छुट्याइएको बजेटले भण्डारी गाउँ सम्म मात्र सडक पुग्ने देखिन्छ । यसका लागी गाविसले १ लाख रुपैयाँ छुट्याएको छ । यो सडक बने पछि हर्मी ८ र ९ का बासिन्दाले संरक्षण गरेको रिप पात्ले सामुदायिक वन का पैदावारहरु गाउँ भित्राउन सहज हुने छ ।
त्यसै गरि हर्मी ६मा रहेको बेसि गाउँ सम्म पनि यसै वर्ष सडक खनिन लागेको छ । घिमिरॆ गाउँको अल्छि चौतारो देखि बेसि गाउँ सम्म सडक खन्न गाविसले १ लाख ५० हजार रुपैया छुट्याएको छ । यी सबै सडक खन्न गाविस संयत्र जोडरको जोर जाम गर्न लागि परेको छ । केहि महिना भित्रै काम पत्ते गरिने गाविस संयत्रले आवर हर्मीलाई जानकारी दिएको छ ।
तर गत बर्ष स्थानिय स्तरमा उत्पन्न राजनैतिक विवादका कारण यस वर्ष मकुन्डाडा पराजुलि गाउँ सडक निमार्ण कार्यले निरन्तरता पाउन सकेन जसको आधा काम अझै बाँकि छ । पालुङटार दुध पोखरी सडकमा पनि घुरे गाउँबाट सडक झम्रैक हुदै लैजाने कि मुगे झारेर लैजाने भन्ने विवाद छ । विवादमा प्रत्यक्ष र अप्रत्यक्ष राजनिति गरिए पछि यो सडक निमार्ण कार्यले गति लिन सकेको छैन विगतमा धेरै बजेट निनियोजन गरिदै आएको यो योजनामा यस पटक भने जम्म्ाा २ लाख ५० अजार छुट्याइएको छ । तर यो बजेट पनि खर्च हुन्छ कि फि्रज हुन्छ भन्न सकिने अवस्था छैन ।
स्मरण रहोस् २०६४ बाट हर्मीका सबै गाउँमा सडक संजाल पुर्याउने अभियान शुरु भएको हो । त्यस यता प्राय सबै गाउँमा सडक पुगिसकेको छ ।
छोप्राक गाविस वडा न ४ मा रहेको हर्मीको छिमेकि गाउँ सालबोटमा पनि सडक पुगेको गाविसको सहयोग र स्थानिय सँगको चन्दा संकलनबाट हर्मी ६मा रहको कुखुरे वनको घुम्ति देखि सालबोट गाउँ हुदै स्कूल भएको ठाउँ सम्म सडक पुर्याइएको सालबोटका सामाजिक कार्यकर्ता चन्द्र ब गुरुङले आवर हर्मीलाई जानकारी दिनु भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment