लिगलिग साहित्य समाज र साहित्य संजाल नेपालको आयोजनामा गत चैत्र ४ ५ र ६ गते लिगलिगकोट पर्यटकिय साहित्यक यात्रा सम्पन्न भएको छ । लिगलिगकोट र आसपासका ठाउँहरुको पर्यटकिय प्रवर्धन गर्ने उदेश्यले आयोजित सो कार्यक्रममा काठमाडौ पोखरा चितवन लगायत देशका विभिन्न ठाउँबाट सरुभक्त विनय कसजु युवराज नयाँघरे लगभग तीन दर्जन साहित्यकार र पत्रकारहरुको सहभागीता रहेको थियो ।
पहिलो दिन पालुङटारको ठुठिपोखरमा रहेको भवानी उच्च माविमा स्थानियको स्वागत ग्रहणबाट शुरुभएको साहित्यिक यात्राको टोलि स्थानिय बासिहरुको न्यानो स्वागत ग्रहण गर्दै लुइटेल बडडाडा हुँदै बोहोरा गाउँमा साँझमा स्थानिय लोक संस्कृतिको अवलोकन गर्न पुगेको थियो । पहिलो दिनको बास बोहोरा गाउँमा बसेर भोलि पल्ट पन्चे बाजा सहित राउतेपानी पाँचचिहान मैवल विजुले डाडाँ हुदै पर्यटकिय साहित्यिक यात्राको टोलि लिगलिगकोट पुगेको थियो । लिगलिगकोटमा पुगेर स्थानिय स्रष्टा र अतिथि स्रष्टाहरुको सहभागीतामा वृहत साहित्यिक कार्यक्रम सम्पन्न भयो । त्यस पश्चात पन्चेबाजा सहित साहित्यिक टोलि आँपिपपल भन्ज्याङमा स्वागत ग्रहण गर्दै हर्मीकोट उक्लिएको थियो । हर्मीकोटमा स्थानिय वासिको स्वागत साँस्कृतिक प्रस्तुति र चमेना ग्रहण गरेको टोलि त्यस पश्चात करेली थुम्का हुदै हर्मी भन्ज्याङमा पुगेको थियो । हर्मी भन्ज्याङमा स्थानिय जन समुदायको स्वागत पश्चात टोलि स्थानिय लोपउन्मुख साँस्कृतिक प्रस्तुतिमा झुमेको थियो । हर्मी भन्ज्याङमा रहेको गाविस परिसरमा लगभग ४ सयको हाराहारीमा उपस्थित स्थानिय बासिन्दाहरुका माझमा प्रर्दशित पाङदुरे ठाडोभाका चुड्का रत्यौलि र तीजका गीतहरु प्रस्तुत गरिरहदाँ अतिथिहरु पनि नाँच्न त_िम्सएका थिए ।
तेस्रो दिन विहान सामुदायिक रेडियो हर्मीको अवलोकन र त्यहाँ आयोजित विदाइ कार्यक्रममा सरिक भएर टोलि खोप्लाङको कालु पाण्डे स्मारकमा पुगेको थियो । कालु पाण्डे स्मारकमा स्थानिय स्रष्टा र अतिथि स्रष्टाको सृजना र आमा समूहको गीत नाचले माहौल तताएको थियो । दिउँसो गोरखा बजार पुगेको टोलिलाई पदेलि टोल विकास समितिले स्वागत र खानपानको ब्यवस्था गरेको थियो । पदेलिमा रहेको रानीपोखरी किनारमा लिगलिगकोट पर्यटकिय साहित्यिक यात्राको समापन गरिएको थियो ।
No comments:
Post a Comment