




निवारे, हर्मी
माघ २९
चम्पावति मावि हर्मी ४ निवारेले आफ्नो स्थापनाको ५० औ वर्ष गाणको उपलक्ष्यमा विविध कार्यक्रमहरुको आयोजना गरि स्वर्ण जयन्ति महोत्सब मनाएको छ ।
आज भन्दा ५० वर्ष अघि २०१७ साल चैत १२ गते चम्पावति प्राइमरी स्कुलको रुपमा स्थानिय शिक्षा प्रेमि सुमन थापा र बेवि ब थापाको प्रमुख सकि्रयता अनि निवारेका दानविर िसंह बहादुर घर्तिको विषेश योगदानबाट हालको चम्पावति मावि स्थापना भएको हो । २०४१ सालमा प्राथमिकबाट निमाविमा रुपान्तरित विद्यालय २०५६ सालमा माध्यमिक विद्यालय बन्न पुगेको थियो ।
गत माघ २३ गते दखि २५ गते सम्म खेलकुद साँकृतिक र सृजनात्मक लगायतका कार्यक्रमहरुको आयेजना गरि स्वर्ण जयन्ति भब्यरुपमा मनाइएको हो ।
माघ २३ गते
स्वर्ण जयन्तिको पहिलो दिन २३ गते गोरखा जिल्ला क्षेत्र न १ कि सभासद् पार्वति थापा मगर द्धरा कार्यक्रम उद्घाटन गरियो । उद्घाटन समारोहमा हर्मी र आसपासका शिक्षा प्रेमि बुद्धिजिवि र स्थानिय बासिन्दाको ब्यापक उपस्थिति रहेको थियो । सोहि दिन अन्तर सदनात्मक खेलकुद साँस्कतिक कार्यक्रमका साथै साँझमा चियापान र दिवापली गरियो । उद्घाटन कार्यक्रममा छिमेकि विद्यालयका प्रअ बुद्धिजिवि समाजसेवि लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने विद्यालयको तर्फबाट प्रअ बल बहादुर केसि र ब्यवस्थापन समिति अध्यक्ष बम बहादुर कटुवालले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
माघ २४ र २४ गते
स्वर्ण जयन्तिको दोस्रो दिन अन्तर मावि स्तरिय वक्तृत्वकला र अत्तर प्रावि हाजिजिवाफ प्रतियोगिता सम्पन्न भयो । भने अन्तिम दिन अभिभावक भेला भू पू विद्यार्थी र शिक्षक पुन मिलन समारोह र समूहगत साँस्कृतिक कार्यक्रम सम्पन्न भयो । समापन कार्यक्रमको प्रमुख अतिथि भने काङग्रेस नेता राम शरण महत थिए । कार्य्रमको अन्तिममा विद्यालयका प्रअ वल बहादुर केसिले विद्यालयको प्रगति वियरण पेश गरेका थिए ।





No comments:
Post a Comment