Thursday, November 25, 2010

दशैको मौकामा नवलपुरमा अन्तकिर््रया

महेन्द्र लीला उच्च मावि हर्मीले गत असोज ३० गते विद्यालयका सरोकारवाला र भूपु विद्यार्थीहरु विच अन्तकि्रया कार्यक्रम आयोजना गर्यो ।
विद्यायलय ब्यवस्थापन समितिका अध्यक्ष नरनाथ मरहठाको सभापतित्वमा समपन्न उक्त कार्यक्रममा विद्यायलयको भौतिक तथा शैक्षिक पक्षको विकास र सुधारका बारेमा विचार विमर्श भएको थियो । अत्तकि्रया कार्यक्रमको शुरुमा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले छलफलका लागी पेश गरेका लगभग १२ बुदाँहरुमा सहभागीहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए ।

अर्को बर्ष मनाइने विद्यालयको स्वर्ण जयन्तीको तयारी कसरी गर्ने प्राथमिक स्तरको शिक्षालाई कसरी सवल बनाउने छात्राबासको ब्यस्थापन कसरी गर्ने र कम्प्प्युटर कक्षालाई कसरी प्रभावकारी रुपमा चलाउने लगायतका बुदाँहरुमा कार्यक्रममा विषेश छलफल भएको थियो ।
कार्यक्रमका सहभागीहरुले विद्यालयको शैक्षिक विकासका लागी अपनाउन सकिने तरिकाका बारे आ आफ्नो धारणा ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment