Thursday, November 25, 2010

यसपाली पनि नवचौतारीले दशैमा चेतना फैलायो

हर्मी हाम्रो हो
जनता मिलि जाँड रक्सी जाड रक्सी रोके सि
गाउँ नै राम्रो भो

यस्तै यस्तै दर्जनौ गीतहरु समाबेश गरि
विगतका वर्षहरुमा जस्तै यस वर्षको बिजया दशमीमा पनि नव चौतारी युवा क्लबले विविध चेतनामूलक साँस्कृतिक कार्यक्रम आयोजना गर्यो ।
महानवमीको दिन दिउँसो हर्मी भन्ज्याङमा आयोजित साँस्कृतिक कार्यक्रममा क्लबका युवाहरुले चेतनामूलक गीतका साथै नृत्य र प्रहसहरु पनि प्रस्तुत गरेका थिए ।
सो सास्कृतिक कार्यक्रममा नवचौतारी क्लबका सचिब कृष्ण ढकालले स्वागत मन्तब्य कोषाध्यक्ष नरेश ढकालले बार्षिक आय ब्यय पेश गर्नुभएको थियो त्यसै गरि नवचौतारीका संस्थापक अध्यक्ष रामचन्द्र ढकाल र सस्थापक उपाध्यक्ष विकास ढकालले शुभकामना मन्तब्य ब्यक्त गनुभएको थियो । २०६३ सालमा स्थापना भएको हर्मीका कृयाशिल सृजनशिल युवाहरुको संगठन नव चौतारीले हरेक वर्ष यस्तै कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा हर्मी भन्ज्याङ आसपासका लगभग ५०० दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा हर्मी र आसपासका अन्य नवलपुर युवा क्लब नवलपुर , दिपज्योति क्लब सापकोटा गाउँ र सालबोटका युवा क्लब लागायतले ग्रामीण कला र सँस्कृति झल्कने आफ्ना प्रस्तुतिहरु देखाएका थिए ।

No comments:

Post a Comment