Thursday, November 25, 2010

सामुदायिक रेडियो हर्मीबाट कार्यक्रम प्रशारण हुन थाल्यो

हर्मी
जनताको रेडियो जनताकै आवाज भन्ने मूल नाराका साथ हर्मी गोरखामा स्थापना भइ गत असार ४ गते बाट परिक्षण प्रशारण शुरु गरेको सामुदायिक रेडियो हर्मी १०५ ४ मेगाहर्जले असोज अन्तिम साताबाट नियमितरुपमा कार्यक्रमहरु प्रशारण गर्न थालेको छ ।
हाल विहान साँढे ५ बजे देखि १० बजे सम्म र साँझ ५ बजे देखि राति ९ बजे सम्म गरि सामुदयिक रेडियो हर्मी दैनिक साँढे आठ घण्टा प्रशारण हुन्छ ।
हाल रेडियो मार्फत सामुदायिक रुपान्तरणमा केन्द्रित लगगभ २५ वटा कार्यक्रमहरु प्रशारण हुने गर्छन् । कार्य्रमहरु उत्पादन र प्रशारणमा सामुदायिक रेडियो हर्मीमा करिब डेड दर्जन कर्मचारी र स्वमय् सेवकहरु कि्रयाशिल छन् । आफ्नो प्रशारण क्षेत्र भित्रका स्रोताको आवश्यकता र भावना अनुरुपका कार्यक्रमहरु रेडियोबाट प्रशारण हुने गर्छन् । हाल रेडियोबाट दैनिक रुपमा कृषि कार्यक्रम स्थानिय सस्कृति र सभ्यता सँग नजिक लोक गीत संगितका कार्यक्रम स्वास्थ्य महिला गृहिणि शिक्षा साहित्य स्थानिय प्रतिभा उजागर गर्ने र ओझलमा परेका ग्रामीण जनताका आवाज समेट्ने थुप्रै जन सहभागीता जुटाउने खालका कार्यक्रम प्रशारण हुने गरेका छन् । विकास र ग्रामीण पत्रकारिताको सिद्धान्त अनुसरण गर्दै साुदायिक संचारको नौलो अभ्यास गर्ने सामुदायिक रेडियो हर्मीले जनाएको छ ।

कार्यक्रम उत्पादनमा ब्यस्त संचारकर्मीहरु

रेडियोमा गित सुनाउन आएका स्थानिय कलाकारहरु

कार्यक्रम उ बेलाको नेपाल बोल्ने कथा पाका पुस्तामा आफ्नो जीवन भोगाई सुनाउदै लोकनाथ ढकाल

No comments:

Post a Comment