Friday, September 17, 2010

ढाक्रे ट्रेकिङ रुट सार्वजनिक :गोरखाको २ न क्षेत्रमा पर्यटकिय चहल पहल पढ्ने

हर्मी ,भाद्र ३०
नेपाल पर्यटन बर्ष २०११लाई लक्ष्य गरि पर्यटन बयवसायिले गोरखाको नयाँ ट्रेकिङ रुट सार्वजनिक गरेका छन् । "ढाक्रे ट्रेल इको ट्रेक" नाम दिइको नयाँ रुट गोरखा इन्काउन्टस्र नामक कम्पनीले सार्वजनिक गरेको हो । कमपनीले यसलाई हाल सम्मकै सस्तो रुट भएको दावि गरेको छ ।
कम्पनीका अनुसार यो रुट गोरखाको पालुङटार , आँपपिपल , हर्मी ,थालाजुङ ,भच्चेक ,सिरानडाडा बालुवा, बारपाक हुदै चर्नौटेमा टुङगिन्छ । यो प्याकेज ८ दिनको हो । हिडेको ८ औ दिनमा ट्रेकिङ भ्याएर काठमाडौ आइपुग्न सकिन्छ । यो रुटमा गोरखा इन्काउन्टस्रले यहि असोज पहिलो साता बाटै पर्यटकहरु पठाउन थाल्ने जनाएको छ ।
यो रुटको घोषणा सँगै गोरखाको क्षेत्र न २ मा पर्यटकिय गतिविधि बढ्ने संङकेत देखिएको छ । माओबादि विद्रोह शुरु भए यता यस क्षेत्रका सबै ट्रेकिङ रुटहरु प्रयोगमा आएका थिएनन् । करिब दुई दशक पहिले भने यो क्षेत्रमा टे्रकिङ गर्न थुप्रै कम्पनीले सयौ पर्यटकहरु पठाउने गर्थे । यो नयाँ रुटको सार्वजनिकिरण सँगै यस क्षेत्रका बासिन्दा खुसि देखिन्छन् ।

No comments:

Post a Comment