हर्मी ,आश्विन ५
उच्च माध्यामिक शिक्षा परिषदले गत बैसाखमा लिएको कक्षा १२को बार्षिक परिक्षामा महेन्द्र लीला उच्च मावि हर्मीबाट सरिक भएका ३८ जना विद्यार्थि मध्ये १६ जना मात्र पास भएका छन् ।
शिक्षा तर्फ २८ मध्ये १२ जना र बाणिज्य तर्फ १० मध्ये ४ जना मात्र उर्तिण भएका हुन् । अनुर्त्रिण मध्ये एक विषय लागेका ९ जनाले मात्र मौका परिक्षा दिन पाउने भएका छन् । गत बर्ष उनुर्तिणहरु मध्ये ३ जना मात्र मास भएका छन् ।
यसै गरि यस वर्षको एस .एल .सि मौका परिक्षामा महेन्द्र लीला उच्चमावि बाट सरिक ५ जना मध्ये पाँचै जना विद्यार्थी पास भएका छन् ।
(गत बर्षको +2 नतिजाको फाइल समाचार )
उच्च माविको नतिजा सन्तोष जनक आएन
हर्मी,
महेन्द्र लीला उच्च माविबाट गत बैशाख महिनामा कक्षा ११को बार्षिक परिक्षामा सहभागि ४० जना विद्यार्थि मध्य २० जना मात्र पास भएका छन् ।
शिक्षा संकायबाट परिक्षामा सहभागी ३२ जना मध्य १५ जना र ब्यवस्थापन संकायबाट ८ जना मध्य ५ जना मात्र पास भएका हुन् । त्यसै गरि परिक्षामा सहभागि कम्पार्ट तर्फका ७ जना मा २ जना मात्र पास भएका छन् । फेल हुने मध्य धेरै जसोलाई अङग्रेजि लागेको छ । ती मध्य ११ जनालाई एउटा मात्र विषय लागेकाले मौका परिक्षा दिन पाउने भएका छन् । यो रिजल्टलाई कसरि लिनु भएको छ भन्ने आवर हर्मीको प्रश्नमा विद्यालयका प्राचार्य कृष्ण बहादुर न्यौपानेले राष्ट्रिय रिजल्ट हेर्दा ठिकै रहेको तर स्थानिय रुपमा सन्तोष जनक नरहेको कुरा बताउनु भयो ।
No comments:
Post a Comment