यहाँहरु सप्पैलाई
सामुदायिक रेडियो हर्मीका तर्फबाट नमस्कार
आशा छ यहाँहरु सबैलाई कुशल मङगलै छ ।
स्थानिय समुदायको आवाजलाई स्थानिय समुदायद्धारा नै प्रशारण गर्ने उदेश्यले जनताको रेडियो जनताकै आवाज भन्ने मूल नाराका साथ सामुदायिक रेडियो हर्मी स्थापना भएको हो । सामुदायिक रेडियो हर्मी समुदायद्धारा समुदायकै हितका लागी संचालन हुने रेडियो स्टेसन हो । सामुदायिक रेडियो हर्मीको स्थापना एचसिजेबि ग्लोबल सिङपुरको प्राविधिक सहयोगमा सम्भब भएको हो । गोरखा जिल्लाको हर्मी गाविस वडा न ९ नेवार डाडामा यस रेडियोको प्रशारण केन्द्र रहेको छ । नेपाल सरकार सूचना तथा संचार मन्त्रालयबाट २०६६ साल फागुन १९ गते बुधबारका दिन प्रशारण अनुमति प्राप्त गरेको रेडियो हर्मीको फि्रक्वीन्सी १०५.४ र प्रशारण क्षमता १०० वाट रहेको छ । २०६७ असार ४ गतेबाट यस रेडियोको परिक्षण प्रशारण शुरु भएको छ ।
सामुदायिक रेडियो हर्मीले स्थानिय क्षेत्रमा आर्थिक गतिविधिको विकास युवाहरुलाई स्वरोजगारी सृजना गर्ने तथा सृजनशिलता र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु प्रशारण गर्ने नीत लिएको छ । यस रेडियोले स्थानिय समाचार स्थानिय विविध र विषयहरुमा अन्र्तकि्रयाका साथै शान्ति अधिकार साकाजिक रुपान्तरण र सामाजिक न्यायका साथै राष्ट्रियताका पक्षमा सशक्त आवाज उठाउने छ । समाजमा पछाडि पारिएका महिला दलित जनजाती अपाङ्ग वृद्ध तथा बालबालिकाहरुको आवाजलाई सशक्त बनाउने तर्फ रेडियोका कार्यक्रमहरु लक्षित रहनेछन् ।ह्ाल सामुदायिक रेडियो हर्मीको परिक्षण प्रशारण विहान ४ घण्टा र बेलुकि ४ घण्टा गरि जम्मा दैनिक ८ घण्टा भैरहेको छ । हामी हाम्रो प्रशारण मार्फत गाउँ वस्ति शहरमा रहेका हजारौ स्रोता र सरोकारवालाहरु समक्ष प्रत्यक्ष पुगिरहेका छौ । हामी अब छिटै नै परिक्षण प्रशारण पुरा गरि नियमित प्रशारणमा गइ आफ्नो प्रश्ाारण अबधि बढाउन आवश्यक भौतिक प्राविधिक र जनशक्तिको तयारीमा जुटिरहेका छौ ।
हाम्रो प्रशारण गोरखा र यस आसपासका लमजुङ तनहँु चितवन धादिङ लगायतका अन्य विभिन्न जिल्ला तथा स्थानहरुमा स्पष्ट सुन्न सकिएको हाम्रा स्रोताहरुले बताएका छन् । समय अनुसारका अत्याधुनिक प्रशारण उपकरणहरुका कारण हाम्रो प्रशारण धेरै टाडा टाडा सम्म स्पष्ट सँग सुन्न सकिएको हो भन्ने हाम्रो विश्वास हो । हामीले प्रयोग गरेको रेडियो उपकरण निमार्ता कम्पनीका अनुसार प्रशारण केन्द्रको ४० किलो मिटर बरपर एयर डिस्टेनसमा हाम्रो प्रशारण सुन्न सकिन्छ । हाम्रो रेडियो स्टेसनमा हाल दर्जनौ युवाहरु रेडियोले आफ्नै प्रशारण केन्द्रमा आयोजना गरेको तालिम पश्चात स्वमय् सेवकका रुपमा काम गर्दछन् ।
यहाँहरुकै महत्वपूर्ण योगदान नैतिक बैचारिक भावनात्मक र आर्थिक सहयोगको जगमा नै सामुदायिक रेडियो हर्मीको स्थापना र यहाँ सम्मको यात्रा सम्भब भएको हो । त्यसैले यहाँहरु पनि यो संचार मार्फत सामाजिक रुपान्तरणको यो अभियानमा सरिक हुनु हुन्छ भन्ने हम्रो विश्वास छ । रेडियो हर्मीलाई आगामि दिनमा अझ शसक्त रुपमा अगाडि बढाउन यहाँहरुको योगदानको जरुरत छ । हामीलाई आवश्यक पर्ने थप उपकरण भौतिक पूर्वाधार र दक्ष जनशक्तिको उत्पादनका लागी यहाँ र यहाँले चिनेजानेका ब्यक्ति र संस्था मार्फत माथि उल्लेखित सबै किसिमका सहयोगको लागी पहल गरिदिनु हुनेछ भन्ने लागेको छ ।
जसका लागी यहुले शुरुमा रेडियोमा आफ्नो स्वामित्व कायम गर्नको लागी आजीवन सदस्यता लिइदिनु हुनेछ भन्ने लागेको छ । हाल सम्म हामीले स्थानिय स्तरमा किसान मजदुर शिक्षक सामाजिक कार्यकर्ता महिला समूह वन उपभोक्ता समूह सामुदायिक विद्यालय र समुदायका अन्य सदस्य गरि लग भग ३५ जनालाई आजिवन सदस्यता वितरण गरिसकेका छौ । रेडियोको स्थापनाकालमा हामीले झेल्नु परेको आर्थिक कठिनाइ न्यूनिकरण गर्न दिल खोलेर सहयोग गर्ने सम्पूर्ण आजिवन सदस्यहरु प्रति हामी धेरै धेरै आभारी छौ । हामीले आजीवन सदस्यता शुल्क रु दश हजार १०००० कायम गरेका छौ । रेडियो हर्मीको अगाडिको यात्रा सहज र प्रभाबकारी बनाउन यहाँहरुले पक्कै पनि सहयोग गर्नु हुनेछ भन्ने लागेको छ । आजीवन सदस्यता लिइसके पछि यहाँहरुले कार्यसमिति चयनमा मताधिकार र उमेद्वारी हरेक वर्ष विषेश चाड पर्व र नयाँ वर्षमा यहाँको तर्फबाट निश्चित निशुल्क शुभकामना विज्ञापन बजाउने मौका बर्षमा एक पटक रेडियो मार्फत आफू एक्सपोज हुने र विज्ञापन बजाउँदा निश्चित रकम छुट पाउनु हुनेछ ।
स्वदेश तथा विदेशका विभिन्न ठाउँमा बसेरै सदस्यता लिने प्रकि्रया र रेडियोका बारेमा थप जानकारी चाहिएमा पत्राचार ठेगानामा सम्पर्क गर्न सक्नु हुने छ ।
www.radioharmi.blogspot.com /radio.harmi@gmail.com/ 061691650/9741049121/9841463916/9805803287
No comments:
Post a Comment