हर्मी , भाद्र 30
विज्ञान र प्रविधिको विकास र विस्तार गाउँ गाउँ सम्म हुन थाले पछि आफ्नै गाउँमा सूचना र प्रविधिको विकासमा फड्को मार्ने उदेश्यले सामुदायिक रेडियो हर्मीले हर्मीमा रहेका अन्य सामाजिक संघ सस्था सँगको सहकार्यमा हर्मी भन्ज्याङमा भदौ दोस्रो साताबाट बेसिक कम्प्युटर तालिम शुरु गरेको छ ।
तालिममा हाल तीन दर्जन सहभागी रहेको प्रशिक्षक पशुपति घिमिरेले बताए । सामुदायिक रेडियो हर्मीमा स्वयम् सेवकका रुपमा रेडियो पत्रकारिता सिक्दै गरेका लग भग एक दर्जन र समूदायका अन्य दुइ दर्जन सहभागी कम्पयुटर सिक्दै छन् । हाल सिमित साधन स्रोतका साथ शुरु गरिएको तालिममा छिट्टै नै थप साधन स्रोतको ब्यवस्था गर्ने सामूदायिक रेडियो हर्मीले जनाएको छ ।
No comments:
Post a Comment