Friday, September 17, 2010

भद्रशिल उपभोक्ता समिति बाख्रा पालन तर्फ आकर्षित

भाद्र 30
सालबोट ,छोप्राक
छोप्राक गाउँ विकास समिति वडा न ७मा पर्ने सालबोटमा रहेको भद्रशिल उपभोक्ता समूहमा आबद्ध सदस्यहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । समूहको कोषमा रहेको १ लाख रुपैया लगानी गरि समूहका प्रत्येक सदस्यको घरमा गरि जम्मा १८४ बटा बाख्रा पालिएको अभ्यक्ष चन्द्र ब गुरुङले जानकारी दिनुभयो ।
सो समूहको बाख्रा पालन तर्फको लगाब देखेर गत वर्ष सि यम सि गोरखाले ३५ हजार नगद १ उन्नत बोका र दूई बाख्रा दिएको थियो । भविष्यमा बाख्रा पालन ब्यबसायलाई अझै ब्यवस्थित गर्दै लैजाने समूहका सदस्य खिल ब गुरुङले आवर हर्मीलाई बताए ।

1 comment:

  1. bikash bhai sal bhot chhoprak 4 ho 7 hoina la. tara news rakheko ma badai 6 hami pardesi le thaha paiyo

    ReplyDelete