हर्मी , भाद्र 30
जिल्ला कृषि विकास कार्यालय गोरखाले हर्मी ९ भण्डारी गाउँमा रहेको धुब्र महिला समूहलाई नगद र जि_िन्स गरि रु १ लाख बराबरको सहयोग गरेको छ ।
कार्यलयका प्रमुख बुद्धि बहादुर थापाले भदौ दोस्रो साता एक कार्यक्रमका बिच अलैचि सुकाउने भट्टि ड्रम सिचाईका लागी आवश्यक पाइप र नगद १५ हजार रुपैयाँ सहयोग प्रदान गर्नु भयो ।
विगत दुई वर्ष यता धुब्र महिला समूहले खारखोला नजिकैको चिसापानी वनमा २ हजार बिरुवा अलैचि रोपि ब्यवसायिक अलैचि खेति गर्दै आएको छ । कृषि कार्यालयबाट सहयोग मिले पछि समूहका सदस्यहरु थप ब्यवसायिक खेति गर्न हौसिएको समूहकी अभ्यक्ष लक्ष्मी न्यौपानेले आवर हर्मीलाई बताइन् ।
No comments:
Post a Comment