हर्मी ,भाद्र २२
नारीहरुको महान् चाड हरितालिका तिजको उपलक्ष्यमा महेन्द्र लीला उच्चमावि सांस्कृतिक क्लबको आयोजनामा भाद्र २२ गते नवलपुरमा अन्तर महिला समूह तिज गित प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम उच्च मावि सास्कृतिक क्लबका अभ्यक्ष दिनेश पोखरेलको सभापतित्व र जग्गा दाता हिमा कुमारी घिमिरेको प्रमुख आतिथ्यतामा संचालन भयो ।
हर्मी र आसपासका १६ महिला समूहहरुको सहभागीता रहेको प्रतियोगीतामा दिपज्योति महिला समूह हर्मी ८ धादिङ गाउँ प्रथम समुदायिक महिला जागरण समूह हर्मी ३ सापकोटा गाउँ, दितिय विकासोन्मुख महिला समूह हर्मी ८ कालढुङे तृतिय र प्रगति महिला समूह हर्मी भन्ज्याङले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रममा सहभागी अधिकांस महिला समूहले देशको वर्तमान राजनैतिक अवस्था र सामाजिक विषयमा केन्द्रित रहेर गीत गाएका थिए ।
सो कार्यक्रममा सहभागी सम्पूर्ण महिला समूहलाइृ्र प्रमाणपत्र र पुरस्कृत समहूलाई भने विब्यसमितिका अध्यक्ष नरनाथ मरहटाले पुरस्कारका साथमा प्रमाणपत्र पनि प्रदान गर्नुभयो ।
No comments:
Post a Comment