जिल्ला शिक्षा कार्यालय गोरखाको आयोजनामा हर्मी स्रोत केन्द्र स्तरिय शिक्षकहरुको पेशागत विकास तालिम महेन्द्र लीला उच्च मावि हर्मीमा सम्पन्न भएको छ । हर्मी सा्रेत केन्द्र अन्तर्गतका ३४ विद्यायका प्राथमिक शिक्षकहरुको सहभागीता रहेको तालिम पाँच दिन सम्म चलेको थियो । तालिममा शिक्षण अवस्था सुधार योजनाको बारे चर्चा गरिएको स्रोत ब्यक्ति मोहन विष्टले जानकारी दिएका छन् । तालिममा सहभागीहरुलाई स्रोत ब्यक्ति मोहन विष्ट मलिउमाविका प्राचार्य कृष्ण बहादुर न्यौपाने ,बाल कृष्ण मरहठा ,राम प्रसाद अधिकारी ,भरत निरौला, बलराम भण्डारी , विनि सुवास आचार्यले तालिम दिनु भएको थियो ।

तालिममा सहभागी शिक्षकहरु
No comments:
Post a Comment