Wednesday, June 23, 2010

बाख्रा पालन तालिम सम्पन्न

हर्मी ,आसार १

समामुदायिक अभ्ययन केन्द्र गोरखाको आयोजनामा हर्मीमा ४ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । जेठ २८ गते देखि असार १ गते सम्म चलेको तालिममा दर्जन भन्दा बढि बाख्रा पालक महिला कृषकहरुको सहभागीता रहेको थियो । सहभागीहरुलाई सामुदायिक अध्ययान केन्द्र गोरखाका युवराज न्यौपानेले तालिम दिएका थिए । बाख्रा तालन तालिमले आफूहरुलाई निकै फाइदा पुर्याएको तालिममा सहभागी एक सहभागी लक्ष्मी ढकालले आवर हर्मीलाई बताइन् ।

बाख्रा पालन तालिममा सहभागी महिलाहरु

No comments:

Post a Comment