हर्मी ,बैसाख २०
हर्मी भन्ज्याङ देखि पराजुली गाउँ हुँदै लमजुङको चक्रतिर्थ जोड्ने सडक गत हप्ता निभारेमा पुगेर पालुङटार दुधपोखरी सडक खण्डमा जोडिएको छ ।
चैत्र तेस्रो साताबाट हर्मी भन्ज्याङबाट धादिङ गाँउ ,खनाल गाउँ ,पराजुलि गाँउ केउरी पानी हुदै अगाडि उक्त सडक निभारे पुगेर यस अघि नै त्यहाँ खनिएको सडकमा जोडिएको हर्मीबाट आवर हर्मी प्रतिनिधिले जानकारी दिएका छन् ।
यो सडक नेपाल सरकारको केन्द्रिय बजेटमा परेको १५ लाख रुपैया मध्ये १० लाख रुपैयामा बन्न लागेको हो । पुरा बजेटको ५ लाख रकम भने सडक विभागले टेन्डर प्रकि्रया द्धारा ग्याभिन भर्ने कामका लागी ठेकेदारलाई दिएको छ । निभारे देखि पाण्डे गाँउ सम्मको पुरानै सडक कामय गरि यो सडक खन्ने काम पाण्डे गाउँबाट चक्रतिर्थ तर्फ सोझ्याइने उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।
No comments:
Post a Comment