Sunday, May 2, 2010

पन्थडिहि कटहरे हर्मी सडक मर्मतका लागी रकम थप

हर्मी ,बैसाख २०
नेपाल सरकारले आर्थिक वर्ष २०६६/ ६७ को केन्द्रिय बजेटमा विनियोजन गरेको पाँच लाख रकममा ४० लाख थप गरि सडक कार्यालय छेपेटारले पन्थडिहि देखि कटहरे हर्मी सडक मर्मत गर्न कुल ४५ लाख रुपैयाँ छुट्याएको छ ।

विगत दुई वर्ष अघि देखि ट्रयाक खनिएर खोलामा कल्भट समेत नहालि सवारी चलाईएकामा यस वर्ष कल्भट निमार्ण गर्न र केहि किलोमिटर बाटो ग्राभेल गर्न रकम छुट्याइए पछि हर्मी र आसपासका जनतामा खुसि छाएको छ ।

सडक कार्यालय छेपेटारले केहि हप्ता पहिले छुट्एको रकमबाट अब छिट्ै टेन्डर प्रकि्रया अगाडि बढाइ कल्भट हाल्ने, साँधुरो सडक फराकिलो बनाउने र खोलाहरुमा कल्भट राख्ने काम थालिने जनाइएको छ ।

तर सर्बधारणहरु भने ठेकेदार मार्फत काम गराउन लागिएकामा त्यति खुसि छैनन् ठेकेदार मार्फत काम गराउँदा कुल रकमको आधा मात्र काम हुने अनि ठॆकेदार र सडकका कर्मचारी मात्र मोटाउने उनीहरुको धारणा छ । सडक कार्यालयले आसार मसान्त भित्र काम सकि सक्ने बताए पनि अहिलेकै गतिमा काम अगाडि बढ्ने हो भने समयमै काम सक्न मुस्किल पर्ने देखिन्छ ।

No comments:

Post a Comment