हर्मी ,फागुन २२
विभिन्न कारणले हाल विभाजित रुपमा गरिदै आएको हर्मीका ढकालहरुको कुल पुजा आगामी दिनमा संयुक्तरुपमा गर्नेबारे बहस शुरु भएको छ ।
बहसलाई मूर्तरुप दिने क्रममा हर्मी भन्ज्याङमा शनिबार भएको ढकालहरुले भेलाले पूजा तथा समारोह ब्यवस्थापन गर्न ढकाल समाज गठन गरेको छ । सो समितिमा चन्द्र कान्त ढकाल संयोजक छन् भने सदस्यहरुमा माधब प्रसाद ढकाल , जीवन ज्योति ढकाल ,फणिन्द्र ढकाल, इश्वरी ढकाल ,हरि बहादुर ढकाल ,होमनाथ ढकाल ,विश्व नाथ ढकाल , नरहरि ढकाल , मोतिलाल ढकाल, मेघनाथ ढकाल छन्। यो समितिले संयुक्तरुपमा पुजा गर्ने स्थानको छनोट गर्ने पुजा प्रसाद वितरणको प्रबन्ध गर्ने साथै संयुक्त पुजाको लागी आवश्यक निति र नियम बनाउने जनाइएको छ ।
No comments:
Post a Comment