Thursday, March 11, 2010

विज्ञान प्राविको भावि योजनाबारे छलफल सम्पन्न

हर्मी ,फागुन २२
विद्यालयको भावि शैक्षिक विकास तथा भौतिक पूर्वाधार निर्माण सम्बन्धमा विज्ञान प्रावि हर्मी भन्ज्याङमा शनिवार विहान सरोकारवालाहरु विच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीहरु स्थानिय अभिभावक र बुद्धिजिविहरुको सहभागिता रहेको सो बैठक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष जीवन ज्योति ढकालको सभापतित्वमा भएको थियो । छलफल कार्यक्रममा प्रअ राम प्रसाद पराजुलि ,स्थानिय भुवनेश्वर भट ,मिना ढकाल ,हरि प्रसाद ढकाल ,जनार्दन ढकाल ,रामचन्द्र ढकाल लगायतले भावि योजना र शैक्षिक विकासका बारेमा आफ्नो राय पेश गर्नु भएको थियो । सरोकारवालाको उक्त छलफलले विद्यालयको भवन निमार्ण र शैक्षिक कार्ययोजना तयार गर्नेबारे निम्न निर्णयहरु गरेको छ ।
+विद्यालय भवन निमार्णका लागी जिल्ला शिक्षा कार्यालयबाट ८ लाख २५ हजार रुपैयाँ प्राप्त भएकोमा भवन बनाउन करिब पाँच लाख नपुग हुने भएकाले सो रकमको ब्यवस्था गरि विद्यालय भवन निमार्ण गर्ने ।
+भवन निमार्णका लागी नपुग रकम विभिन्न संघ सस्था र ब्यक्तिहरु सँग सहयोग संकलन गर्ने ।
+विद्यालयको सिमाना कम्पाउन्ड वरपर भूक्षय नियन्त्रणका लागी जल उत्पन्न प्रकोप नियन्त्रण विभागमा अनूरोध गर्ने ।
+सामूदायिक विद्यालय भए पनि हाल कक्षा ४ सम्म अङगे्रजी माध्यममा पढाइ भइरहेकामा विद्यालयलाई क्रमश कक्षा आठ सम्म अङग्रेजि माध्यममा पढाइ संचालन गरि नमूना विद्यालय बनाउने ।
+विज्ञान प्राविकै भवन र जग्गालाई प्रयोग गरि आगामि दिनमा प्राविधिक शिक्षालय संचालन गर्न पहल गर्ने ।
+शैक्षिक वातावरणलाई अझ राम्रो बनाई विद्यार्थी सख्या बृद्धि गराउने ।
+विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका लागी जग्गा जि_िन्स तथा नगद उपलब्ध गराउने सहयोग दाताहरुलाई निम्न अनुसार सम्मान गर्ने ।
-१९९९ सम्म दान गर्नेको अभिलेख राख्ने
-२०००देखि ४९९९ सम्म सहयोग गर्नेलाई दोसल्ला र कदर पत्र
-५०००देखि ९९९९सम्म सहयोग गर्नेलाई दोसल्ला कदर पत्र र शिलालेखमा नाम
-१०००० देखि१९९९९ सम्म सहयोग गर्नेलाई दोसल्ला कदर पत्र शिलालेखमा नाम र विद्यालयमा फोटो राख्ने
-२०००० देखि ७४९९९ सम्म सहयोग गर्नेलाई दोसल्ला कदर पत्र शिलालेखमा नाम विद्यालयमा फोटो राख्ने र विद्यालयको आजिवन सदस्यता दिने
-७५००० देखि १४९९९९ सम्म सहयोग गर्नेलाई दोसल्ला कदर पत्र शिलालेखमा नाम विद्यालयमा फोटो राख्ने विद्यालयको आजिवन सदस्य र निजको नाममा एक कक्षा कोठाको नाम राख्ने
-१ लाख पचास हजार भन्दा माथि सम्म सहयोग गर्नेलाई दोसल्ला कदर पत्र शिलालेखमा नाम विद्यालयमा फोटो राख्ने तथा दुई कोठाको भवन निजकै नाममा राख्ने

No comments:

Post a Comment