हर्मी ,माघ २९
माघ २३ गते बसेको हर्मी गाविस स्तरिय सर्बदलिय सयन्त्रको सहभागितामा बसेको गाउँ परिषद बैठकले आर्थिक बर्व २०६६ /६७ को बार्षिक बजेट पारित गरेको छ । गत बर्ष सम्म हर्मी गाविसले सरकारबाट १९ लाख पचास हजार रुपैया बार्षिक रुपमा पाउने गरेकोमा यस बर्ष गत बर्षको योजना कार्यान्वयनका आधारमा यस बर्ष गोरखाका ५३ गाविसले प्राप्त गरेको थप ४ लाख रकम हर्मी गाविसले पनि हात पारे पछि प्रसासन खर्च सहित हर्मीको विकास बजेट २३ लाख पचास हजार हुने भएको छ ।
हर्मीमा कि्रयासिल तीन राजनितिक दल माओवादी ,एमाले र काङग्रेसका प्रतिनिधिहरुको उपस्थितिमा गाविस सचिबको अध्यक्षतामा बसेको गाउँ परिसदले पारित गरेका गाविस स्तरिय योजना र छुट्याईएको रकम यस प्रकार छ । शिक्षा तर्फ महेन्द्र लीला उच्च मावि २ लाख ५० हजार ,चम्पावति मावि १ लाख ,विज्ञान प्रावि ५० ,सरस्वति प्रावि तसे्र ५० हजार ,मदरसा दारुल हुदा ३० हजार ,शिखर ज्योति प्रावि ३० हजार , सरस्वति प्रावि पिपल थोक ७ हजार ,लक्ष्मी नारायण प्रावि घिमिरे गाउँ ७ हजार ,:हाल भवन निमार्ण गरिरहेका विद्याालयहरुलाई बढि रकम दिईको सयन्त्रको दावि छ । त्यसै गरि सडक तर्फ नवलपुर शिखे्र गाविस सडक मर्मत ४ लाख ,हर्मी भन्ज्याङ धादिङगाउँ सडक १ लाख ५० हजार ,मकुन्डाडा पात्ले पानी सडक ५० हजार ,हर्मी जागरण उपभोक्ता सहकारीलाई ७० हजार ,सहिद स्मृति भवन निमार्ण १ लाख रकम छुट्याईएको छ । महिला तथा बालबालिकाको लागी भने कुल रकमको पाचँ पाँच प्रतिसत रकम छुट्याइएको हर्मीबाट प्राप्त खबरमा उल्लेख छ ।
No comments:
Post a Comment