गोविन्द राज न्यौपाने
बोराङखोला लमजुङ
भलायखर्क गाविस वडा न १ देखि ७ सम्मका बासिन्दाले स्वच्छिक चन्दा संकलन गरि पुरै गाविस समेटिने गरि मोटर बाटो निमार्ण गरेका छन् ।
गत कार्तिक महिनाबाट शुरु गरिएको बाटो निमार्ण कार्य माघ पहिलो हप्ता सकिएको छ । मोटरबाटोले पुरै भलायखर्क गाविसलाई छोएर रिङ रोड जस्तो देखिएको छ ।
भलायखर्कका करिब ४०० घर धुरिका जनताले यो मोटरबाटो निमार्णमा चन्दा दिएका छन् । मोटरबाटो लगभग २० लाख रुपैयाँको लागतमा निमार्ण गरिएको हो ।
No comments:
Post a Comment