Sunday, January 31, 2010

सडक खन्न समिति बन्यो

हर्मी ,माघ ६
लमजुङको चक्रतिर्थ देखि हर्मीको ज्यामिरे हुदै हर्मी भन्ज्याङ जोड्ने मोटर बाटो निमार्ण गर्न सरकारले यस बर्षको केन्द्रिय बजेटमा १५ लाख रुपैयाँ बजेट छुट्याए पछि गत साता हर्मीमा सम्पन्न आम भेलाले एक सडक निमार्ण उपभोक्ता समिति गठन गरेको छ ।
भेलाले समितिको अध्यक्षमा नरनाथ मरहठा र सचिबमा रेवति ढकाललाई चुनेको हो । अब छिटै नै डोजरको ब्यवस्था गरि बाटो खन्ने काम आगाडी बढाईने उपभोक्ता समितिका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

No comments:

Post a Comment