Sunday, January 31, 2010

जनताले साधारण सभा मनायो

दिपक प्रविष्ट
आँपपिपल ,माघ २
जनता वचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारण सभा माघ १ गते अध्यक्ष हरि प्रसाद मरहटाको सभापतित्वमा आँपपिपल भन्ज्याङमा सम्पन्न भएको छ ।
साधारण सभाले विना धितो ऋण प्रदान गर्ने ,नयाँ शेयर आबेदन खुला गर्ने र छिटैनै रेमिटेन्स् सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । गाउँ बाहिर र गाउँमै रहेका आँपपिपलबासीको शेयर स्वामित्व रहेको सहकारी गत बर्ष मात्र स्थापना भएको हो । हाल सहकारीले दैनिक वचत संकलन गर्ने तथा कार्यालय बाटै दैनिक आर्थिक कारोबार संचालन गदै आइरहेको छ । जनता सहकारीमा हाल दुई जना कर्मचारी कार्यरत छन् ।

No comments:

Post a Comment