गोविन्द राज न्यौपाने
भलायखर्क ,लमजुङ
लमजुङ जिल्ला स्थित जन चेतना अभिबृदि विकास आयोजना नामक गैर सरकारी संस्थाको पहलमा भलायखर्क गाविस वडा न ४ को बोहरा गाँउका आमा समूह र मुनलाईट युवा क्लबले आफ्नो गाउँलाई धुवा रहित गाँउ घोषणा गरेका छन् ।
माघ ९ गते मनकामना प्राविको प्राङगणमा आयोजित कार्यक्रममा लमजुङका प्रजिअ धुब्र प्रसाद थपलीयाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो घोषणा गरिएको हो । कार्यक्रमको सभापतित्व स्थानिय झमक बहादुर खड्काले गर्नु भएको थियो । केहि महिना अघि देखि करिब ४० -५० घर धुरिमा आधुनिक चुलो निमार्ण गरि स्थानिय आमा समूह र युवा क्लबले आफ्नो गाँउलाई घुँवा रहित गाँउ घोषण गरेका हुन् । जुन घोषणा लमजुङ जिल्लाकै पहिलो र नमूना योजना भएको जानकारहरु बताउँछन् ।
No comments:
Post a Comment