पालुङ्टार
पौष २३
उचित संरक्षणको अभावमा गोरखाकॊ पालुङ्टार गाउँ विकास समितिमा रहेको हवाइमैदान बर्षाैंदेखि गौचरनमा परिणत हुँदै आएको छ । ३८ वर्ष अघि चितवन नारायणघाट मनांग र पोखराका लागि हवाइसेवा संचालन हुने गरेकोमा ती जिल्लाहरुमा सडक पुगेपछि सरकारले त्यहाँको हवाईसेवा बन्द गरेको थियो । जसका कारण सो मैदान गौचरन र सेना प्रहरीको अस्थायी शिबिरमा परिणत भएको हो । करिब २ दशमलव ६ वर्ग किलो मीटर क्षेत्रफल रहेकॊ मैदानलाई ३८ वर्ष पहिलेकै स्थितीमा फर्काई पुनः हवाईसेवा संचालनका लागि स्थानियवासीले माग गर्दै आएका छन् । तर पटक पटक सरकारी निकायसित आग्रह गरेपनि यसको संचालन र प्रयोगका बारेका कसैले चासो नदिएको उनीहरुले गुनासो गरेका छन् । सोही गाविसमा जन्मेर केन्द्रिय राजनीतिसम्म पहुँच भएका नेता र बुद्धिजीवीहरुले पनि हवाईमैदानको विकास र संरक्षणका लागि पहल नगरेको स्थानीयबासीको गुनासो छ । सरकारले देशका विभिन्न स्थानमा रहेका यस्ता ठूला मैदान हरुको उचित व्यवस्थापन सदुपयोग तथा संरक्षणमा ध्यान दिनुपर्ने स्थानीयवासीको भनाई छ ।
No comments:
Post a Comment