पालुङ्टार
पौष २३
गाउँमा सामुदायिक विद्यालय साचालनमा आएपछि गोरखाको पालुम्टार गाविस ३ भोर्ले गाउँका साना साना केटाकेटीहरुको बानीमा सुधार आएको छ । करिब दुई बर्ष अघि स्थापना गरिएको सामूदायिक विद्यालयमा अध्ययन गर्न थालेपछि साना केटाकेटीहरुको खानपान सरसफाई लगायत बानिमा सुधार आएको अभिभावकहरुले बताएका छन् । स्थानीय चमेली रानाको सकि्रयता र अरु १२ जनाको प्रयासपछि संचालनमा आएको सो विद्यालयमा अहिले ७० जना विद्यार्थीले अध्ययन गर्ने गरेको शिक्षक चन्द्र बहादुर अच्छामीले बताउनुभएको छ । एल।sेजी देखि ३ कक्षासम्मको पढाई हुने सो विद्यालयमा हाल ६ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गर्दै आएका छन् ।
उमेर भएर पनि टाढा भएका कारण विद्यालय जान नपाएका र गएकाहरुको पनि राम्रो हेरविचार हुन नसकेपछि आफुले केही साथीहरुको सहयोगमा विद्यालय संचालन गरेको विद्यालय ब्यवस्थापन समितिकि अध्यक्ष चमेली रानाले बताउनुभयो । एउटा पनि विद्यालय नभएको यो वडामा सामुदायिक विद्यालय स्थापना भएपछि स्थानीय बासीहरु पनि खुशी भएका छन् । यता छिमेकी वडामा सामूदायिक स्कूल संचालनमा आएपछि वडा नं २ को डुम्रे निम्न माध्यामिक विद्यालयमा स साना कक्षामा पढ्ने विद्यार्थीहरु घट्न थालेको स्थानीय रामचन्द्र गिरीले बताउनुभएको छ ।
No comments:
Post a Comment