हर्मी ,पौष १९
विज्ञान प्रावि हर्मीमा यसै आर्थिक बर्षमा चार कोठे विद्यालय भवन निमार्ण हुने पक्का भएको छ ।
भवन बनाउन नेपाल सरकारको प्राथमिक शिक्षा परियोजना अन्र्तगत जिल्ला शिक्षा कार्यालय गोरखाले आठ लाख पचास हजार रुपैया सहयोग गर्ने भएको छ । भवन निमार्ण गर्नका लागी विद्यालय ब्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालय गोरखा बिच यसै महिना सम्झौता सम्पन्न भैसकेको छ । स्मरण रहोस पुरानो ठाउँबाट नयाँ ठाउँमा सारिए पछि विज्ञान प्राविका १०० भन्दा ज्यादा विद्यार्थीहरु हाल बासको छाप्रो मुनि बसेर पढ्न बाध्य छन् ।
No comments:
Post a Comment