Saturday, January 2, 2010

हर्मीका सम्पूर्ण वडामा विजुलि बल्यो

घुरे , हर्मी
पौष १९
पौष १७ गतेबाट हर्मीमा विजुलि बल्न बाँकि रहेका वडा न ४ र ५मा पनि विजुलि बल्न थाले पछि हर्मीका सम्पूर्ण वडाहरुमा विद्युतिकरण गर्ने बर्षौ अघि देखिको योजना बल्ल तल्ल पुरा भएको छ ।
वडा न ४ र ५का घुरे ,मलमटार ,डिहि र निभारे लगायतका ठाउँमा विजुलि बले पछि हर्मीको लगभग ९० प्रतिसत भूभागमा विद्युतिकरण भएको मान्न सकिन्छ । तार अभाबका कारण वडा १, २ ,४ ,५ का अझै केहि घरहरुमा बत्ति बल्न सकेको छैन । वडा ४ र ५ का लागी पहिले जडान गरिएको १०० वाटको ट्रान्फरमर बिगि्रए पछि फिर्ता गरि गत हप्ता ५० बाटको नयाँ ट्रन्सफरमर जडान गरिए पछि घर घरमा लाइन वितरण गरिएको घुरेबाट बम बहादुर कटुवालले आवर हर्मीलाई जानकारी दिएका छन् ।

No comments:

Post a Comment