Monday, January 11, 2010

सुन्तलाबाट आम्दानी घट्यो

बयापानी ,हर्मी
असिनाले फूल झारेर सुन्तला कम फले पछि यस बर्ष सुन्तला पकेट क्षेत्रका रुपमा चिनिएका हर्मीका बयापानी तारेभिर पात्लेपानी मकुन्डाडा लगायतका ठाउँका किसानहरुको सुन्तला खेतिबाट हुने गरेको बार्षिक आम्दानी घटेको छ ।

गत बैशाख महिनामा आएको हावा हुरि र असिनाले हर्मी र आसपासका ठाउँको सुन्तला खेति नराम्ररी प्रभावित भएको हो । विगतका वर्षहरुमा सुन्तलाबाट लाखौको आम्दानी गर्ने किसानहरु यस पाली भने हजारमै चित्त बुझाउन बाध्य भएका छन् । यो बर्ष त रात भरी करायो दक्षिण हरायो भने झै भयो बयापानीका सुन्तला किसान जबरदिन मियाँले आवर हर्मी सगँको कुरा कानीमा गुनासो पोख्दै भने ।

No comments:

Post a Comment