
आँपपिपल
जनता उच्च मावि आँपपिपलमा सोहि विद्यालयका भूत पूर्व विद्यार्थीहरुको संस्था जनता मावि भूत पुर्व विद्याथर्प समाजको पहलमा चार कोठे पक्कि भवन निमार्ण भएको छ ।
यस माथि थप दूई तला थपेर निकार्ण कार्य पुरा गर्ने काम भने रकम अभाबका कारण रोकिएको विद्यालयका प्रअ लोकनाथ वाग्लेले जानकारी दिनु भयो ।
हाल पहिलो चरणमा चार कोठे भवन भने करिब १७ लाख रुपैयाँको लागतमा निमार्ण गरिएको हो । त्यस मध्य शिक्षा विभागको ६लमख स्थानिय विकास मन्त्रालयबाट प्राप्त ३ लाख र बाँकी रकम पूर्व विद्यँर्थी समाजले संकलन गरेको चन्दा रकमबाट पहिला चरणको काम पुरा गरिएको हो । थप निमार्ण कार्य हगाडी बढाउन स्रोतको खोजि गर्ने काम विद्यालय र भूपु विद्यार्थी समाज दुबैले गरिरहेको प्र अ लोक नाथ वाग्लेले आवर हर्मीलाई जानकारी गराउनु भएको छ ।
No comments:
Post a Comment